सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या
ratopati.com · Mon May 11 20:38:22 GMT 2026

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो ।
मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)