ग्रिनेट पड्किँदा दुई सैनिक घाइते
onlinekhabar.com · Thu Aug 06 06:51:16 GMT 2026

२१ साउन, धनगढी । कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रिनेट पड्किँदा दुई जना सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण ब्यारेक तेघरीमा सञ्चालन भएको सैन्य तालिमका क्रममा ग्रिनेट पड्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय बिक्रम कार्की र २० वर्षीय रन्जित थारु रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको बताइएको छ । दुवै जनालाई उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो । उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)