एलजी सिपशिक्षा: सीप र दिगो जीविकोपार्जन अभियान
clickmandu.com · Thu Aug 06 07:03:52 GMT 2026

काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सञ्चालनमा ल्याएको छ । यस कार्यक्रममार्फत उद्योगको आवश्यकता अनुरूपको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवाहरूलाई सक्षम बनाउने आफ्नो प्रतिबद्धतालाई एलजीले पुनः पुष्टि गरेको छ ।
युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी समाजमा योगदान पुर्याउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले रोजगारीका अवसर बढाउनुका साथै दिगो जीविकोपार्जनको आधार तयार गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।