ग्वार्को बस दुर्घटना: एकको मृत्यु, १९ जना घाइते
reportersnepal.com · Thu Aug 06 07:01:17 GMT 2026

काठमाडौं । आज ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
दोलखा शैलुङकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । प्रहरीका अनुसार बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)