जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
ratopati.com · Mon Jun 29 19:50:13 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत मंगलबार बिहान जर्मनी र पाराग्वेबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । सन् २०१४ मा विश्वकपको उपाधि जितेयता जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
जर्मनी समूह ‘ई’ को विजेता बन्दै अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । समूह चरणका सुरुवाती दुई खेलमा लगातार जित निकालेको जर्मनी अन्तिम खेलमा भने इक्वेडरसँग २–१ गोल अन्तरले पराजित भएको थियो । प्रशिक्षक जुलियन नागेल्सम्यानको टोली उक्त पराजयलाई बिर्सँदै पाराग्वेविरुद्ध जित निकालेर अघिल्लो चरण प्रवेश गर्ने दाउमा छ । यस खेलमा विजयी भएमा जर्मनीले अन्तिम १६ मा बलियो टोली फ्रान्सको सामना गर्न सक्नेछ, यदि फ्रान्सले अर्को खेलमा स्विडेनलाई पराजित गरेमा यो भेट निश्चित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)