हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
ratopati.com · Thu Aug 06 07:13:01 GMT 2026

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ । यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिहरूबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो । संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए । सन् १९४५ मा अमेरिकी बी–२९ बमवर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८ः१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)