आईपीएल : हैदरावादविरुद्ध चेन्नईको ७ विकेटको जित
pahilopost.com · Wed Apr 28 17:37:28 GMT 2021
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)