मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग स्तब्ध

deshsanchar.com · Sun Apr 02 17:50:03 GMT 2023

काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै न्युक्यासल युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा २-० को जित निकाल्दै पाँचौ स्थानबाट तेस्रो स्थानमा उक्लिन न्युक्यासल सफल रह्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा न्युक्यासलले दुबै गोल दोस्रो हाफमा सम्भव बनायो। न्युक्यासलाई अग्रता दिलाउने क्रममा जोए विललोकले ६५ औ मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल कलुम विलसनले गरेका थिए। विलसनले ८८ औ मिनेटमा ट्रिपरको फ्रिकीकलाई आकर्षक हेड गर्दै टिमको जित निश्चित बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)