हराएका तीन युवक सकुशल
barnanmedia.com · Thu Aug 06 07:15:10 GMT 2026

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ«े गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।
पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भन्नुभयो,“तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)