३ दिनदेखि सम्पर्कविहीन मर्दी पदयात्राका ३ यात्रीको सकुशल उद्धार
himalpress.com · Thu Aug 06 07:24:22 GMT 2026

पोखरा- कास्कीको मर्दी पदयात्रामा निस्किएका ३ जना युवाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासमा बिहीबार करिब ११ बजे उनीहरुको सकुशल उद्धार गरिएको छ । उनीहरुलाई डोरीको सहयोगमा मोदी खोला तारिएको हो ।
पोखरा–१४, खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा ३ दिनदेखि सम्पर्कविहीन भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा ११, छोमरोङको पिंधस्थित मोदी खोलाको पारिपट्टि उनीहरु हिजो साँझ सकुशल भेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)