क्यालेन्डरमा परे विधेयकका चाङ, परेन प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर
reportersnepal.com · Thu Aug 06 07:20:32 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले आगामी साउन र भदौ महिनाका लागि संसदीय क्यालेन्डर स्वीकृत गरेको छ। सार्वजनिक क्यालेन्डरअनुसार दुई महिनामा विभिन्न विधेयकमाथिको छलफल, मन्त्रालयगत प्रश्नोत्तर तथा अन्य विधायिकी कार्यलाई अघि बढाउने तयारी गरिएको छ।
क्यालेन्डरअनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। शुक्रबार बस्ने बैठकमा शून्य र विशेष समयका अलावा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकको समिति प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सोही बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक र राहदानी (पहिलो संशोधन) विधेयक पेस गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)