सञ्चार मन्त्रालयमा रेखा शर्माको सम्भावना प्रबल
lokaantar.com · Fri Jan 06 01:19:51 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदबाट पुस २६ गते विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । त्यसकालागि सत्ता साझेदार दलका नेताहरुसँग उनको सघन बैठक र छलफल जारी छ
सरकारको नेतृत्व गरेको नाताले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफूसँग राख्न चाहेको र प्रधानमन्त्री दाहालले सो मन्त्रालयको जिम्मा माओवादी केन्द्रबाट एकमात्र महिला प्रत्यक्ष निर्वाचित सांसद रेखा शर्मालाई दिने तयारी गरेका छन् । दाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद शर्मासँग त्यसबारेमा प्रधानमन्त्री दाहालले छलफल गरिसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)