वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने
nepallive.com · Tue Feb 14 16:36:00 GMT 2023
वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ। महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ। मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती भएको हो।
सोमबार राति भएको महाआरतीमा काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए। महाआरती अघि मन्दिर परिसरमै प्रवचन समारोहको पनि आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)