ब्रोड पिकमा मृत्यु भएका गुरूङको शव नेपाल ल्याइँदै
baahrakhari.com · Thu Aug 06 07:50:40 GMT 2026
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही युक्त गुरुङको शव आज काठमाडौं ल्याइने भएको छ । दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
निर्मल पुर्जासहित १० जना पर्वतारोहीको खोज तथा उद्धार अभियानका क्रममा पाकिस्तानमा रहेका शेर्पाले युक्त गुरुङको शवसँगै काठमाडौं फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)