मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज १७ देखि २० गतेसम्म भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

ratopati.com · Wed Oct 01 17:05:00 GMT 2025

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताएको छ । यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)