नियमावलीमा व्यवस्था भए पनि सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम कार्यतालिकामा परेन
ratopati.com · Thu Aug 06 08:09:20 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधि सभाको आगामी एक महिनाको पाक्षिक कार्यतालिकामा ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम समावेश गरेको छैन । प्रतिनिधिसभा नियमावली २०८३ ले महिनाको एक पटक अनिवार्य रूपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था गरे पनि साउन १५ देखि भदौ १५ सम्मको कार्यतालिकामा यसलाई ठाउँ दिइएको छैन।
सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार साउनको बाँकी अवधि र भदौ १५ गतेसम्म कुल १० वटा बैठक बस्ने तय भएको छ। तर, ती कुनै पनि बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर उल्लेख छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)