ओलम्पिक तयारीबारे सदस्य–सचिव घिसिङको चासो
baahrakhari.com · Sun Jul 07 17:47:28 UTC 2024
काठमाडौं । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारीबारे चासो राखेका छन् । उनले ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् ।
साउन ११ गते देखि २७ गतेसम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात खेलाडीमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरूसँग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए । उनले खेल सामग्री, खेल पोसाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)