लुटपाटको प्रतिरोध गर्दा युगान्डाका चर्चित फुटबलर डेभिड ओओरीको हत्या
kendrabindu.com · Thu Aug 06 08:15:50 GMT 2026
काठमाडौं । युगान्डाका राष्ट्रिय फुटबल टोलीका सदस्य तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओओरीको लुटपाटको क्रममा भएको आक्रमणमा मृत्यु भएको छ। २७ वर्षीय ओओरीको राजधानी कम्पालास्थित आफ्नै घर नजिकै कुटपिट भएपछि उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार घर फर्किरहेका बेला ओओरीमाथि लुटेराहरूको समूहले आक्रमण गरेको थियो। उनीहरूको लक्ष्य मोबाइल फोन र अन्य बहुमूल्य सामान लुट्नु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ओओरीले प्रतिरोध गरेपछि आक्रमणकारीहरूले ढुंगाले प्रहार गर्दै गम्भीर घाइते बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)