दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
reportersnepal.com · Thu Aug 06 08:24:12 GMT 2026

दाङ, २१ साउन । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।
दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर, लमही नगरपालिकामा तीन हजार २५० हेक्टरमा धानखेती गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)