नेपाल टेलिभिजनमा उपकरण खरिददेखि बोलपत्रसम्म अनियमितता, झन्डै ५ करोड अतिरिक्त भार थपिएको निष्कर्ष
techpana.com · Thu Aug 06 08:25:53 GMT 2026

काठमाडौं । नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका वर्षहरूमा गरेका विभिन्न उपकरण तथा सेवा खरिद प्रक्रियामा गम्भीर अनियमितता, कानुनी त्रुटि र आर्थिक बदनियत भएको तथ्य सार्वजनिक भएको छ । सूचना तथा सञ्चार मन्त्रालयद्वारा गठित ‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरुको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष बुझाएको प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।
डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिले खरिद प्रक्रियामा नियमविपरीतका निर्णयले संस्थालाई अनावश्यक आर्थिक दायित्व सिर्जना गरेको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)