मुख्यमन्त्री चयनमा ओलीको निर्देशनको कार्यान्वयन हुनेमा ढुक्क छौँ: शेरधन राई
kendrabindu.com · Thu Aug 06 08:45:45 GMT 2026

विराटनगर। नेकपा एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वसम्बन्धी सत्ता साझेदार दलहरूबीच भएको सहमति कार्यान्वयन हुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार सहमति कार्यान्वयनका लागि आवश्यक आन्तरिक छलफल भइरहेको जानकारी दिए। उनले प्रक्रियामा केही प्राविधिक जटिलता देखिए पनि त्यसको समाधान हुने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)