आउनै छाडे सिकारी चरा
annapurnapost.com · Sun Jan 09 06:51:00 GMT 2022
पोखरा : जलवायु परिवर्तनले मानवजीवनसँगै वन्यजन्तु र चराचुरुंगीलाई पनि असर पुर्याउँदै आएको छ। पृथ्वीको तापक्रम वृद्धिले पानीका मूल, सिमसार क्षेत्र सुक्ने र वायु प्रदूषण बढ्नुले उनीहरूको बासस्थान विनाश हुँदै गएको अधिकारीहरू बताउँछन्। जसका कारण आहाराको कमी हुँदै गएपछि सिकारी प्रजातिका चील, गिद्ध आदिको संख्यामा कमी हुँदै गएको छ।
सन् २०१२ देखि बसाइसराइ गर्ने चराको अनुसन्धान गर्दै आएका डाक्टर तुलुसी सुवेदीले पछिल्लो समयमा यस्ता चराको संख्यामा कमी आएको बताए। डा. सुवेदी हाडफोर गिद्धमा विद्यावारिधि हुन्। सन् २०१२ मा १४ हजारभन्दा बढी संख्यामा सिकारी चरा यस क्षेत्रको आकाश हुँदै बसाइसराइ गर्ने गरेकोमा पछिल्लो समय घटेर ६–८ हजारमा सीमित भएको उनले बताए। यो संख्या सिकारी प्रजातिका ३३ प्रजातिका चराको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)