लगानी बोर्डको सीईओमा याङकी उक्याब नियुक्त, चार वर्षे कार्यकाल
barnanmedia.com · Thu Aug 06 08:58:11 GMT 2026

नेपालपसरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उक्याबलाई सीईओमा नियुक्त गरेको हो ।
उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि उनले लगानी बोर्डमा लगानी सम्बन्धी परियोजनामा चार वर्ष काम गरेकी थिइन् । उनले बोर्डमा रहेर विशेषगरी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाहरूको लगानी संरचनामा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)