रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहाल साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्न तयार
ekantipur.com · Mon May 01 16:58:33 GMT 2023
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई पुनः सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको साझा न्यूनतम कार्यक्रम र प्राथामिकता पुनर्लेखन गर्न तयार भएका छन् । भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने गरी आयोग बनाउनुपर्ने यसअघिको गठबन्धन सरकारको बुँदा अहिले हटाइएकोमा रास्वपाले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल साझा न्यूनतम कार्यक्रम र प्राथामिकता पुनर्लेखन गर्न तयार भएका हुन् ।
योसँगै रास्वपा सरकारमा सहभागी हुने करिब निश्चित जस्तै देखिएको छ । सोमबार गृहजिल्ला गएका प्रधानमन्त्री दाहालले साझा कार्यक्रममा थपघट गरेर जान सकिने स्पष्ट गरिसकेका छन् । ‘भ्रष्टाचारसहित उपयुक्त सबै विषयमा काम गर्न सरकार र गठबन्धलाई कुनै समस्या छैन,’ दाहालको भनाइ छ, ‘साझा कार्यक्रममा थपेर जान सक्छौँ । भष्टाचारका फाइल अध्ययन गर्ने हाम्रो नीतिमै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)