मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल: राजस्थानको हैदरावादमाथि सहज जित

deshsanchar.com · Sun Apr 02 14:35:58 GMT 2023

इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। आइतबार हैदराबादमा भएको खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ७२ रनले पराजित गर्दै राजस्थानले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ‌ओभरमा ५ विकेट गुमाएर २०३ रनको उच्च स्कोर तयार गरेको थियो। उसका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ खेले ‌ओपनरहरु यस्सवी जैसवाल र जोस बटलरले समान ५४-५४ रन बनाउँदा कप्तान सञ्जु सामसनले ५५ रन बनाएका थिए। त्यस्तै सिम्रन हेटमेयरले २२ रन बनाए। हैदरावादका लागि भुवनेश्वर कुमार र टि नटराजनले समान २-२ विकेट लिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)