च्याम्पियन्स लिगः पीएसजी अघिल्लो चरणमा, युभेन्टस प्रतियोगिताबाट बाहिर
ratopati.com · Wed Feb 25 23:13:47 GMT 2026
काठमाडौँ । आज सम्पन्न यूईएफए च्याम्पियन्स लिगको प्ले–अफ दोस्रो लेगका खेलहरूमा नाटकीय नतिजाहरू देखिएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) घरेलु मैदानमा मोनाकोसँग बराबरीमा रोकिए पनि समग्रमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ भने इटालियन क्लब युभेन्टस घरेलु मैदानमा गालातासारेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
पीएसजीले आफ्नो घरेलु मैदानमा मोनाकोसँग २–२ गोलको बराबरी खेलेको छ । यद्यपि, पहिलो लेगमा हासिल गरेको जितको अग्रताले पीएसजी समग्रमा ५–४ को नतिजासहित अर्को चरणमा पुग्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)