मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रिमैमा पनि कबड्डी टिम दयाहाङसँगै सौगात र रेश्मा

rajdhanidaily.com · Wed Jan 03 23:45:21 GMT 2024

काठमाडौं । आगामी फागुनमा मात्रै अभिनेता दयाहाङ राईले तीन वटा फिल्मको छायाँकनका लागि समय दिनु पर्ने भएको छ । घर ज्वाईं र अर्को एक चलचित्रसँगै तेश्रो चलचित्र रिमैको छायाँकनका लागि पनि उनले समय दिने बताएपछि निर्माण पक्ष यतिबेला यो चलचित्रको तयारीमा जुटेको छ ।

यस अघिको चलचित्र कबड्डी २ को टिम हुने भएपछि सो चलचित्रलाई निर्धारित समयमै छायाँकन सक्ने अभिनेता दयाहाङले बताएका छन् । यो चलचित्रमा ‘कबड्डी २’का अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ यस अघि नै अनुबन्ध भैसकेका थिए । सो फिल्मका बमकाजी अर्थात सौगात मल्ल पनि चलचित्र रिमैमा यतिबेला अनुबन्धित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)