मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

ratopati.com · Wed Oct 07 23:22:54 GMT 2026

कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैतीलगायतका समस्या हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)