नाट्टाको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा, व्यावसायिक साथ खोज्दै प्रतिस्पर्धीहरू
clickmandu.com · Thu Aug 06 09:58:37 GMT 2026

काठमाडौं । ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। आगामी साउन २९ गते हुने नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै हुने २५औं कार्यसमितिको निर्वाचनमा व्यवसायीहरूबीच तीनवटा प्यानल तयार भएको छ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाको २ वर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा गर्न तीनवटा समूह तयार भएका छन्। नाट्टाकी वरिष्ठ उपाध्यक्ष तथा स्वा टुर्स एन्ड ट्राभल्सकी प्रबन्ध निर्देशक जिस्वाँ तुलाधर श्रेष्ठ, महासचिव तथा शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी युविका भण्डारी र एभरेष्ट मिराकल ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक भरतजंग पाण्डेको समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)