धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि...
barnanmedia.com · Wed Oct 07 23:27:09 GMT 2026

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहनुभएको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।
चौध जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान फल्ने खेत बाढीले बगरमा परिणत गरिदिएपछि उहाँसँग अब करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ । “धान काटेर घर भित्र्याउने बेला खेत नै रहेन,” पुनले भन्नुभयो, “वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)