त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्था र शुल्क असुलीप्रति सांसदहरूको आक्रोश
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारी र सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क, सुरक्षाकर्मीको खस्कँदो व्यवहार र सुरक्षा संवेदनशीलताप्रति गम्भीर आपत्ति जनाएका छन्।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद नीतिमा भण्डारीले विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट अनावश्यक शुल्क लिने परिपाटीको कडा आलोचना गरिन्। विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जको विकल्प हुने गरे पनि नेपालमा न्यूनतम पूर्वाधारसमेत नभई शुल्क मात्र असुलिएको उनको तर्क थियो। विमानस्थलका र्याम्प र लिफ्टहरू जोखिमपूर्ण रहेको तथा गाउँबाट आएका नागरिकहरू घण्टौँसम्म बस्नुपर्दा उचित व्यवस्था नभएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)