जुम्लाको अग्निपरीक्षा : दोहोरिने कि पुरानै रेकर्ड कायम राख्ने ?
rajdhanidaily.com · Wed Feb 25 23:40:00 GMT 2026
सुर्खेत । राप्रपा प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले पुनः उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी मैदानले नयाँ मोड लिएको छ । ०७९ मा उनले असम्भवजस्तै देखिएको समीकरण उल्ट्याउँदै जित निकालेका थिए । कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धन मात्र होइन, सांगठनिक रूपमा बलियो एमाले समेतलाई पछि पार्दै उनले पहिलोपटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरे ।
त्यतिबेला ज्ञानेन्द्रको निकट प्रतिष्पर्धी माओवादी केन्द्रकी गोमा कुँवर ११ हजार ९५९ मतमा सीमित भइन् भने एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए । उक्त निर्वाचनमा संगठन कमजोर भए पनि लोकप्रिय मत (पपुलर भोट) आफ्नो पक्षमा तान्ने शाहीको रणनीति सफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)