ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
barnanmedia.com · Wed Oct 07 23:33:43 GMT 2026

कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो ।
झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)