रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार
khabarhub.com · Thu Aug 06 10:30:12 GMT 2026

एजेन्सी – युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताएका छन् ।
प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ । पछिल्लो समयमा दुवै पक्षले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन्, जसका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)