भारतीय उच्च नियोगमाथि ड्रोन उडेको खबर निराधार : पाकिस्तान
ratopati.com
ईस्लामावादस्थित भारतीय उच्च नियोगमाथि ड्रोन उडेको हल्ला निराधार रहेको पाकिस्तान ले जनाएको छ । पाकिस्तानको विदेश विभागका प्रवक्ता जाहिद हाफिज चौधरीले यस्ता हल्ला निराधार रहेको बताए । २३ जुनमा लाहोरमा भएको बम बिस्फोटमा विदेशी दस्ताको संलग्नता रहेको संकेत देखिएको अवस्थामा भारतले पनि यो प्रोपोगान्डा अभियान चलाएको उनले बताए ।
प्रवक्ता हाफिजले यस्ता झुठा आरोप र भारतको विभाजनकारी रणनीतिलाई पाकिस्तानले ठाडै अस्विकार गर्ने बताए । आत्मनिर्णयको अधिकारका लागि जम्मू–कास्मिरका जनताले गरिरहेको संघर्षको पक्षमा पाकिस्तान निरन्तर उभिने दाबी उनले गरे । जम्मु–कास्मिरका विषयमा संयुक्त राष्ट्रसंघले पारित गरेको संकल्प प्रस्तावकै पक्षमा पाकिस्तान रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)