मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गतवर्ष सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि

abhiyandaily.com

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा सरकारलाई सबैभन्दा धेरै कर सूर्य नेपाल प्रालिले तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको हो ।

कम्पनीले मूल्य अभिवृद्धिकर, आयकरलगायत सबै किसिमका कर गरी उक्त रकम राज्यलाई तिरेको हो । सूर्य नेपाल सन् १९८६ देखि सञ्चालनमा छ । यसमा भारतीय कम्पनी आईटीसी लिमिटेडको सबैभन्दा धेरै ५९ प्रतिशत शेयर छ । ३९ प्रतिशत शेयर नेपाली कम्पनी र व्यक्तिहरूको छ । २ प्रतिशत शेयर ब्रिटिश–अमेरिकी टोबाको लिमिटेड कम्पनीको छ । सूर्य नेपालले चुरोटसँगै सलाई, अगरबत्ती तथा चकलेट उत्पादन गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)