मर्दी हिमालमा अलपत्र तीन ट्रेकरको साहसिक उद्धार, बिजुलीको तारको सहारामा पुग्यो सशस्त्र प्रहरी टोली
kalakarmi.com · Thu Aug 06 11:00:19 GMT 2026

पोखरा– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९, बादल डाँडास्थित मर्दी हिमाल ट्रेकिङ क्षेत्रमा अलपत्र परेका तीन युवाको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–१४, खसी बजार निवासी २४ वर्षीय अजित जीसी, २३ वर्षीय युकेश गुरुङ तथा २६ वर्षीय करण लामा साउन १९ गते ट्रेकिङका लागि मर्दी हिमालतर्फ गएका थिए । निर्धारित समयमा उनीहरू सम्पर्कमा नआएपछि परिवार तथा आफन्तले खोजीका लागि सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)