लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
arthasansar.com · Thu Aug 06 11:05:53 GMT 2026

नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकले चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ४.७५ मेगावाट क्षमताको लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने भएको हो। आयोजनाको प्रस्तावित क्षमता ६.५१ मेगावाट रहेको छ।
सम्झौतामा कुल परियोजना लागतको कर्जा र स्वपूँजी अनुपात ७०ः३० कायम गरिएको छ। अर्थात् आयोजनाको ७० प्रतिशत लगानी कर्जामार्फत र ३० प्रतिशत प्रवर्द्धकको स्वपूँजीबाट जुटाइनेछ। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)