मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नगर प्रहरीको सहयोग कि सास्ती ?

baahrakhari.com · Thu Apr 08 00:54:00 GMT 2021

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि धरपकड गरी सामान उठाएको छ । नगर प्रहरीले थापाथलीको फुटपाथमा राखिएका मकै, चटपटे, पानीपुरी, दाउरा, कराइ, कपडा, छाता उठाएको हो ।

५० वर्षिय तेज बहादुर तामाङको काम फुटपाथमा मकै बेच्नु हो । उनी अरु काम गर्न नसक्ने अवस्थामा छन् । ‘‘अब साह्रो काम गर्दा सास फुलेर आउँछ । पढाइलेखाइ छैन । भारी बोक्ने काम गर्न सकिँदैन,” उनी भन्छन्, ‘‘यही मकै बेचेर चार छोराछोरीलाई पढाउँदै आएको छु । अब दैनिक हामी यसरी महानगरका नगर प्रहरीबाट खोसिन्छौँ भने हामीले कसरी छोराछोरीको पालन पोषण र पढाइलेखाइ गर्ने ? महानगरको गाडि आउँदा हामीले छिटो–छिटो सामान उठाउन खोज्यौँ । उठाएर भाग्न खोज्दा लखेटेर सामान खोसियो ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)