नेपाल–चीन जोड्ने कोरोला नाका खुल्यो, अवरुद्ध सडक अझै खुलेन
baahrakhari.com · Thu Oct 08 00:45:00 GMT 2026

काठमाडौं । नेपाल–चीन जोड्ने सबै नाका अवरुद्ध हुँदा अन्तिम विकल्प बनेको मुस्ताङ भन्सार कार्यलयस्थित कोरला नाका करिब ९ दिनपछि खुल्यो । नाका खुले पनि गन्तव्यसम्म आउने बाटो खुलेन । जसका कारण भन्सार जाँचपास गरेका करिब ४ सय मालबाहक कन्टेनर बाटोमै थन्किएका छन् ।
असोज ११ को हिमपात र त्यसपछिको बाढीपहिरोले सडक बिगारेपछि दसैँ तथा जाडोलक्षित लत्ताकपडा, खाद्यान्न र फलफूल बोकेका गाडीहरू गन्तव्यसम्म पुग्न सकेका छैनन् । सडक विभागले म्याग्दीको कुइनेटा–पोखरे बगर खण्डको १० किलोमिटर अवरुद्ध सडक आगामी असोज २६ गतेभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ । उक्त सडकखण्डमा मर्मत सम्भार तथा पुनर्निर्माणको काम भइरहेकाले पुनः सञ्चालनमा आउन अझै ६ दिन लाग्ने सडक विभागका प्रवक्ता ई. शुभराज न्यौपानेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)