दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
rajdhanidaily.com · Thu Aug 06 11:15:10 GMT 2026

दाङ । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन ।
यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)