मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक सुधारको प्रशंसा गर्दै आइएमएफले नेपाललाई ४२.९ मिलियन सहायता दिने, कुल रकम ३८४ मिलियन डलर नाघ्यो

ajakoartha.com · Mon Jun 08 10:25:00 GMT 2026

काठमाडौं- अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२.९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक सुधार र संरचनात्मक परिवर्तनका क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिलाई आधार मानेर उक्त सहायता स्वीकृत गरिएको आइएमएफले जनाएको छ।

आइएमएफको कार्यकारी बोर्डले जुन ५ मा गरेको समीक्षा बैठकपछि सार्वजनिक गरेको विवरणमा नेपालले मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानी सुधार, ऋण पोर्टफोलियो समीक्षा, सार्वजनिक वित्त व्यवस्थापन तथा सुशासन सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण नियन्त्रण, कानुनी सुधार र सार्वजनिक संस्थानहरूको जवाफदेहिता अभिवृद्धिमा पनि प्रगति भएको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)