सिन्धुपाल्चोकमा ६७ नयाँ उद्योग दर्ता, ५१ उद्योग खारेज
annapurnapost.com · Thu Aug 06 11:25:03 GMT 2026

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन, तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो। नयाँ दर्ता भएका उद्योगहरुमा सेवामूलक २९, कृषि तथा वनजन्य २३, पर्यटन ९, उत्पादनमूलक ५ र सूचना प्रविधिका १ उद्योग रहेको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)