अपी पावरको सौर्य आयोजना सञ्चालनमा आउँदै
abhiyandaily.com
काठमाडौं (अस) । अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाख महिनाभित्रै सञ्चालनामा आउने भएको छ । अहिले यो आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणमा जडान हुनेछ । यो आयोजना ईपीसीअन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)