इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित
Ujyaaloonline.com · Sun Sep 04 00:45:45 GMT 2022
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो ।
वेस्ट ह्यामले खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)