नेता छान्दै प्रतिनिधि
nagariknews.nagariknetwork.com · Thu Oct 08 00:57:22 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पाँचौ दिन आज बिहीबार नयाँ नेतृत्व चुन्न मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
सभपातिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले मनोनयनपत्र फिर्ता लिएका छन्। खडगीलाई पनि मनोनयनपत्र फिर्ता लिन लगाएर सभापतिमा थापालाई सर्वसम्मत बनाउने प्रयास बुधबार दिनभर भए पनि सफल भएन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)