मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौशालाका सबै विद्यालयमा गर्मी बिदा

ratopati.com · Thu Jun 04 16:11:39 GMT 2026

महोत्तरी। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले जारी गरेको सूचनाअनुसार लगातार बढ्दो गर्मीले जनजीवन प्रभावित हुनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा हितलाई ध्यानमा राख्दै शुक्रबारदेखि सोमबारसम्म नगरभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ।

यसअघि बुधबार महाेत्तरीकै बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरिसकेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय