साइबेरिया ‘प्लेग’ प्रकरण : महामारीको जोखिम नरहेको रुसको दाबी, अमेरिका र डब्लुएचओ अझै सशङ्कित
ratopati.com · Thu Oct 08 01:18:24 GMT 2026

साइबेरिया । रुसले साइबेरियामा प्लेगसम्बन्धी अनुसन्धान गर्ने संस्थाकी एक प्रयोगशाला कर्मचारीको मृत्यु भएपनि महामारी फैलिने जोखिम नरहेको दाबी गरेको छ । तर, २८ वर्षीया कर्मचारीको मृत्युको वास्तविक कारण अझै पत्ता नलागेकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले घटनाबारे थप जानकारी मागेको छ ।
रुसको स्वास्थ्य नियामक निकाय रोस्पोत्रेब्नाद्जोरले बुधबार जारी गरेको वक्तव्यमा मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरूमा प्लेगको संक्रमण नदेखिएको जनाएको छ । सावधानीस्वरूप क्वारेन्टिनमा राखिएका व्यक्तिमध्ये ९० प्रतिशतलाई मुक्त गरिएको र करिब पाँच हजार प्रयोगशाला परीक्षण गर्दा पनि कुनै खतरनाक रोगजनक संकेत फेला नपरेको पनि उसले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)