मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैशाखसम्म लेखापरीक्षण सक्छौं

abhiyandaily.com

राष्ट्रिय बीमा संस्थानले वार्षिक रूपमा बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन ६ वर्षदेखि बुझाउन नसकेको सत्य हो । लेखापरीक्षण प्रतिवेदन बुझाउन मन्त्रालयबाट पनि ताकेता भइरहेको छ । विविध कारणहरूले प्रतिवेदन बुझाउन नसकिएको हो । पहिलाका प्रशासकहरूले यो जरूरी कामप्रति चासो नदेखाएको हुन सक्छ वा उहाँहरूको प्राथमिकतामा लेखापरीक्षण नपरेको हुन सक्छ । अर्को कुरा, लेखापरीक्षणका लागि आवश्यक कर्मचारीको अभाव पनि यसको कारणका रूपमा रहिआएको छ । यो यथार्थलाई हामीले अहिले संवेदनशील भएर हेरेका छौं ।

कर्मचारी अभाव भए पनि अहिले करारमा समेत कर्मचारी लिएर छिटोभन्दा छिटो काम सक्न लागिपरेका छौं । पहिलो प्राथमिकतामा हामीले लेखापरीक्षणलाई राखेका छौं । अर्थ मन्त्रालयसँग गरेको करारमा पनि पहिलो प्राथमिकता लेखापरीक्षणलाई दिने उल्लेख छ । सबैले कानुन अनुसार चल्नुपर्छ, हामी पनि कानुन अनुसार नमान्ने पक्षमा छैनौं । तसर्थ हामी मन्त्रालयसँग भएको उक्त सम्झौता पूरा गरेरै छाड्छौं ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)