एनआईसी एसिया बैंकले बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा, ओएमएनआईमा स्थानान्तरण हुन आग्रह
bishowkhabar.com · Thu Oct 08 01:28:15 GMT 2026

काठमाडौं – एनआईसी एसिया बैंकले हाल सञ्चालनमा रहेको आईटच इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै आगामी २०८३ माघ १ गतेदेखि आईटच इन्टरनेट बैंकिङ सेवा निष्क्रिय हुने जनाएको हो ।
बैंकका अनुसार विद्यमान ग्राहकले आईटच सेवा बन्द हुनुअघि बैंकले तोकेको समयभित्र वैकल्पिक डिजिटल बैंकिङ सेवामा स्थानान्तरण हुनुपर्नेछ । बैंकले ग्राहकलाई ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवा प्रयोग गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)